Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

पुन: माधव पक्षमै फर्किए योगेश भट्टराई, ओलीविरुद्ध एकजुट हुन १५ जनाको संयुक्त आह्वान (पूर्णपाठ)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको माधव नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध एकजुट हुन आव्हान गरेको छ।

बुधबार साविकको एमालेको स्थायी कमिटीमा रहेका १५ जना नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै अध्यक्ष ओलीको स्वेच्छाचारी कदमविरुद्ध एकजुट हुन आव्हान गरेको हो। जसमा यसअघि माधव नेपाल पक्ष छाडेर ओली पक्षमा लागेको भनिएका गोकर्णराज विष्ट र योगेश भट्टराईको पनि साथ रहेको छ।

नेपाल पक्षले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीका ११ जना नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेकोमा भत्र्तसनासमेत गर्नुका साथै ओलीले पार्टी र देशलाई स्वेत्छाचारी कमदबाट चलाएको भन्दै कडा आलोचना गरेका छन् ।

वक्तब्यमा अध्यक्ष ओलीका कदमविरुद्ध एकजुट हुन एमालेका नेता तथा कार्यकर्ताहरुलाई पनि आव्हान गरिएको छ। यस्तै, बक्तब्यमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नुको कारण र सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गर्नुको प्रष्टीकरणसमेत दिएका छन्।

यस्तो छ नेपाल पक्षले जारी गरेको संयुक्त वक्तब्यको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077