Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ट्यांकरको च्याम्बरभित्र लुकाएर तस्करी गर्न लागिएको २१८ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं । बारा प्रहरीले २१८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

तेलको ट्यांकरमा लुकाई छिपाइ राखेको अवस्थामा प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित एक ग्यारेजबाट ना ४ ख २९७९ नम्बरको ट्यांकरसहित उक्त परिणामको गाँजा बरामद गरेको हो ।

प्रहरीले महमद आलम साहको रामरहिम ग्यारेजमा बर्दिवास नगरपालिका–८, महोत्तरी बस्ने बर्ष ३३ को घनश्याम गिरीले काठमाडौंबाट भारतको बरौलीमा तेल लिन जानको लागि चलाई उक्त खाली ट्यांकरमा चेकजाँच गर्दा १९ पोका अबैध लागूऔषध गाजाँ बरामद भएको जनाएको छ ।

प्रहरीका अनुसार ट्याङकरको च्याम्बर भित्र रातो प्लाष्टिकमा पोका बनाई राखेको अवस्थामा फेला परेको हो ।

प्रहरीले चालक घनश्याम गिरी तथा सह- चालक जिल्ला खैरहनी नगरपालिका–२, चितवन बस्ने राजकुमार दवाडिलाई समेत नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077