Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संसद विघटनविरुद्ध दायर रिट निवेदनको आज सुनुवाइ हुँदै

    संसद विघटनविरुद्ध दायर रिट निवेदनको आज सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमध्ये केहीको आज प्रारम्भिक सुनुवाइ गरिने भएको छ ।

    प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका २४ रिट निबेदनमध्य केहीको संबैधानिक इजलासबाट सुनुवाइ हुनु पर्ने माग गरिएको छ । केहीको साधारण इजलासबाट प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ ।



    साधारण इजलासबाट सुनुवाइ गर्नुपर्ने गरी माग गरिएका रिट निवेदकको आज सुनुवाइ हुने भएको हो । त्यस्ता रिट निवेदन एक दर्जनभन्दा बढी रहेको बुझिएको छ ।



    झण्डै चार थान रिट निवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संबिधानको धारा ७६ को उपधारा ५ बमोजिको प्रधानमन्त्रीको नियुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्चमा दायर भएका छन् ।

    ती रिट निवेदनको पनि आजै पेशी तोकिने जनाइएको छ । प्रधानमन्त्रीले ओलीले गरेको सिफारिस बमोजिम केही दिन अघि राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।

    प्रतिनिधि सभा विघटनविरुद्ध र ओलीलाई नै धारा ७६ को ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्न माग सहित सर्वोच्चमा २८ वटा रिट निवेदन दायर भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार