Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रपति विरूद्धका मुद्दा न्यायाधीश फुयालको इजलासमा

    राष्ट्रपति विरूद्धका मुद्दा न्यायाधीश फुयालको इजलासमा

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 765
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धको रिटमाथिको प्रारम्भिक सुनुवाइको पेसी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ ।

    राष्ट्रपति समक्ष पेश भएको १५ दिन बित्दा समेत नागरिकता विधेयक प्रमाणीकरण नगरेको भनी सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदन प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश फुँयालको इजलासमा पेश भएको हो ।



    विभिन्न व्यक्तिहरूले हालेका रिटहरू फुयालको इजलासको ८ औं नम्बर मा राखिएको छ।



    संसदले दोस्रो पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

    नागरिकता विधेयक पहिलो पटक राष्ट्रपति भण्डारीले फिर्ता गरेकी थिइन्।

    दुबै सदनले फेरि सोही विधेयक पारित गरेर राष्ट्रपति कार्यालय पठाएका थिए। संसदले पठाएको १५ दिनसम्म पनि राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण गरिनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार