Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पूर्वराष्ट्रपति भण्डारीले भनिन् – कम्युनिष्ट पार्टीहरु विभाजनको कारण खोज्नुपर्छ

    पूर्वराष्ट्रपति भण्डारीले भनिन् – कम्युनिष्ट पार्टीहरु विभाजनको कारण खोज्नुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 225
    SHARES

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्ट पार्टीहरु विभाजन हुनुको कारण खोज्नुपर्ने बताएकी छन्।

    नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।



    उनले पूर्वराष्ट्रपति भण्डारीले कम्युनिष्ट पार्टी विभाजनको समीक्षा गर्नुपर्ने बताईन् ।



    पूर्वराष्ट्रपति भण्डारीले भनिन् ,‘नेपाली कम्युनिष्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट र विभाजन र साच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुन्छ।’

    पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरुले लिएको नीति र विचारमा विचलन आएको हो कि भन्ने आशंका पनि गरिन् ।

    उनले राष्ट्रका महत्वपूर्ण विषयमा सबै राजनीतिक दलहरुले साझा दृष्टिकोण बनाउनुपर्ने पनि बताइन् ।

    छिमेकी मुलुकहरु भारत र चीनसँगको सम्बन्धलाई थप सुदृढ बनाएर विकासका निम्ति साझेदारी गर्नुपर्ने पूर्वराष्ट्रपति भण्डारीको सुझाव छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार