Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पूर्वराष्ट्रपति भण्डारीले भनिन् – केपी ओली समकालीन नेपाली राजनीतिका प्रतिभाशाली नेता हुन्

    पूर्वराष्ट्रपति भण्डारीले भनिन् – केपी ओली समकालीन नेपाली राजनीतिका प्रतिभाशाली नेता हुन्

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 387
    SHARES

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वाधिक शक्तिशाली नेता भएको बताएकी छन्।

    प्रज्ञा भवनमा आज ओलीले विभिन्न कालखण्डमा संसदमा गरेको भाषणको संग्रह विमोचन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।



    उनले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रूपमा रहन सक्ने नेता भएको बताइन् ।



    पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘संग्रहमा राजनीतिक भाषण मात्र नभई बहुविधागत ज्ञानका दृष्टिकोणले महत्त्वपूर्ण छन्। ती संकलनीय र संग्रहणीय छन्। यस पुस्तकका नायक केपी शर्मा ओली समकालीन नेताहरूमा पृथक पहिचान बनाउनु भएको नेता हुनुहुन्छ । ओली सर्वाधिक प्रतिभाशाली नेताका रूपमा उच्च स्थान प्राप्त गर्न सफल हुनुहुन्छ।’

    ओलीमा राजनीतिका अतिरिक्त कला, साहित्य, एवं धर्म, दर्शन र विज्ञान लगायतका विषयमा पनि गहन ज्ञान रहेको उनको भनाइ छ।

    ओलीले संसदमा गरेका भाषणहरु पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार