Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कारभित्र तास खेल्न पस्दा लक भएपछि निसास्सिएर मृत्यु भएको प्रहरीको निष्कर्ष

दाङ। जिल्लाको तुलसीपुरस्थित स्याउली बजारमा कारभित्र मृतावस्थामा फेला परेका तीन बालकको निसास्सिएर मृत्यु भएको प्रहरीले निष्कर्ष निकालेको छ। इलाका प्रहरी कार्यालय दाङका अनुसार तीनै जना बालकको निसास्सिएर मृत्यु भएको तथ्य भिसेरा रिपोर्टले देखाएपछि निसास्सिएर सो निष्कर्ष निकालिएको हो।

गत वैशाख १८ गते बेलुका उक्त स्थानमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सिसी ०८८५ नम्बरको कारभित्र तीन बालक मृत अवस्थामा फेला परेका थिए।

मृतकमा तुलसीपुर ६ बरूवा गाउँका भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियार रहेका थिए।

एक दूई दिन अगाडि मात्रै भिसेरा रिपोर्ट आयो,’ तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले भने ‘ त्यो रिपोर्टमा बालबालिकाको मृत्युको कारण (सोफोकेशन) निसासिएर भएर भन्ने खालको छ ।’

दाङमा भारतीय नम्बर प्लेटको गाडीमा ३ जनाको शव फेला, घटना रहस्यमय

प्रहरीको प्रारम्भिक निष्कर्ष : कारभित्र तास खेल्न पस्दा लक भएपछि निसास्सिएर मृत्यु

तीन बालकको मृत्यु अक्सिजनको अभावले र कार्बनमोनोअक्साईडले गर्दा निसासिएर भएको भन्ने उल्लेख रहेको डिएसपी सिंहले बताए ।

‘प्रहरीले आफ्नो अनुसन्धान पुरा गरि अदालतमा मिसिल बुझाई सकेको छ,’ डिएसपी सिंहले भने ‘ भिसेरा रिपोर्ट रिपोर्टले निसासिएर मृत्यु भएको देखाउनु, पोष्टमार्टम रिपोर्टले कतै चोट पटक लागेको नदेखिनुले घटनालाई ब्यक्ति विशेषले आफ्नो ढंगले मनोगत रुपमा ब्याख्या गर्न खोज्नु गलत हो ।’

प्रहरीले घटनाको दोस्रो दिन वैशाख १९ गते नै कार धनी यादव प्रसाद गैरे र चालक पदमबहादुर बस्नेतलाई पक्राउ गरि ‘लापरबाही’ शिर्षकमा मुद्दा चलाएर अनुसन्धान सुरु गरेको थियो ।

कारभित्र मृत भेटिएका तीन बालक एउटै परिवारका, कारका मालिक पक्राउ

दाङ घटना थप रहस्यमय बन्दै, मृत बालकका शव अभिभावकले अझै बुझेनन्

तर, पीडित अभिभावकले भने तीन बालकको सामुहिक हत्या भएको दावी गदै दोषी पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान लिएको भएपनि बैशाख ३१ गते १३ दिन पछि मात्रै शव बुझेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077