Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

किराना पसल समेत बन्द गर्ने निर्णयको आलोचनापछि प्रशासनले गर्‍यो यस्तो वैकल्पिक व्यवस्था

काठमाडौँ । कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै सरकारले भोलिदेखि एक हप्तासम्म किराना पसल र डिपार्टमेन्टल स्टोर समेत बन्द गर्ने निर्णय गरेको छ।

उक्त निर्णयबाट आलोचित भएपछि प्रशासनले कसैलाई खाद्य सामग्री अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको भन्दै एक विज्ञप्ति सार्वजनिक गरेको छ।

नागरिकमा खाद्य सामग्री नै पाइँदैन भन्ने भ्रम गएको भन्दै उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको हो ।

प्रशासनले त्यसका लागि कम्पनीको फोन नम्बर पनि सार्वजनिक गरेको छ । नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077