Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

डीएसपीले स्वास्थ्यकर्मीलाई निर्घात कुटेपछि प्रहरीद्वारा छानविन समिति गठन

पर्सा । वीरगञ्जमा मेडिकलका कर्मचारीलाई प्रहरी अधिकृतले नै कुटेपछि घटनाको छानविन हुने भएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत डीएसपी प्रह्लाद कार्कीले वीरगञ्ज महानगरपालिका–८ स्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई कुटेर लछारपछार पारेको सामाजिक सञ्जालमा भाइरल भइसकेपछि उक्त घटनाको छानबिन हुने भएको हो।

वीरगञ्जमा प्रहरीको आतंक, स्वास्थ्यकर्मीलाई यसरी पिटे डिएसपीले

आज प्रदेश नं २ प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाईले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको छानविन गर्न आफ्नो संयोजत्वमा तीन सदस्य छानविन समिति गठन गरेको जनाएका छन् ।

विज्ञप्तिमा ‘अनुसन्धान कार्य प्रारम्भ गरिएको र अनुसन्धानको क्रममा यदि कोही प्रहरी दोषी देखिएमा प्रहरी नियमावली बमोजिम कारबाही गरिने व्यहोरा जानकारीका लागि अनुरोध गरिएको उल्लेख गरिएको छ ।

यस्तै, प्रदेश प्रहरी कार्यालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा कार्यान्वयण गराउने क्रममा घटना हुन गएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077