Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

निषेधाज्ञाका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल : अर्थमन्त्री पौडेल

काठमाडौँ। अर्थमन्त्री विष्णु पौडेलले कोभिड-१९ का कारण अर्थतन्त्रमा आएको सुस्तताका कारण चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल हुने बताएका छन्।

आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै उनले आर्थिक बृद्धिदर चुनौतीपूर्ण भएको उल्लेख गरेका हुन्।

अर्थतन्त्र बृद्धिदरले निषेधाज्ञा अघिसम्म गति लिए पनि निषेधाज्ञापछि स्थिति चुनौतीपूर्ण रहेको उनको भनाइ थियो।

अर्थसचिव शिशिरकुमार ढुंगानाले कार्यक्रममा भने, ‘मध्यावधि समीक्षामा करिब ५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेका थियौं, तर निषेधाज्ञाले समस्या गर्‍यो।’

चालु आर्थिक वर्षमा आर्थिक बृद्धिदर ४.०१ प्रतिशत रहने अनुमान गरिएको थियो।

यद्यपि यस वर्ष पनि आर्थिक बृद्धिदर ऋणात्मक हुने सम्भावना देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077