Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

व्यबसायी शेर्पाद्वारा २ सय परिवारलाई खाद्यान्न सहयोग

काठमाडौं । कोरोना महामारीका कारण १ महिनादेखि निषेधाज्ञा छ । निषेधाज्ञाका कारण सहरी क्षेत्रका बिहान काम गरेर बेलुका खाने मजदुरहरु समस्यामा परेका छन् ।

कोरोनाको दोस्रो लहरमा सरकारबाट पनि न्यून आय भएका मजदुरहरुका लागि राहतका कुनै पनि प्याकेज नल्याएको अवस्था छ ।

एक महिनादेखि जारी निषेधाज्ञाले काम गर्न जान नसकेका मजदुरहरुलाई खाद्यान्न सहयोग गरी परोपकारी काम गरेका छन्, ब्यवसायी आङ नवाङ शेर्पाले ।

लालधनुष इन्टरनेशनल सर्भिस प्रालिका म्यानेजिङ डाइरेक्टर शेर्पाले बौद्ध तीनचुलीमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

आफ्ना स्व. पिता आङनोर्बु शेर्पाको २१ औं पुण्यतिथिको अवसरमा शनिबार तीनचुलीका मजदुर र विपन्न परिवारलाई चामल, दाल, नून, तेल लगायतका खाद्यान्न सहयोग गरेका हुन् ।

शेर्पाले करिब २ सय परिवारलाई राहतस्वरुप खाद्यान्न सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077