Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली सरकारको कदमविरुद्ध सशक्त प्रतिकार गर्दै कानूनी र राजनीतिक लडाइँ लड्ने निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा एमालेबाट निस्कासित नेता माधव नेपाल र भीम रावलसहित विपक्षी दलका शीर्ष नेताहरूको बैठकले केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारको सशक्त प्रतिकार गर्ने निर्णय गरेको छ ।

विपक्षी गठबन्धनहरु (नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र–बाबुराम, एमालेको माधव नेपाल पक्षका नेताहरु र राष्ट्रिय जनमोर्चा)का नेताहरुको संयुक्त बैठकले सशक्त प्रतिकार गर्नेनिर्णय गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए।

बैठकपछि संचारकर्मीहरुसंग बोल्दै नेता पौडेलले भने, ओली सरकारलाई दबाब दिएर सशक्त प्रतिकार गर्ने निर्णय भएको छ, कानूनी र राजनीतिक लडाइँ सँगसँगै हुन्छ।

यस्तै, नेता पौडेलका अनुसार बैठकले प्रतिनिधिसभा विघटनसहित सरकारका असंवैधानिक कदम विरुद्ध आन्दोलनमा जानेबारे निर्णय भएको छ।

झन्डै २ घण्टाको बसेको बैठकमा कांग्रेसबाट सभापति देउवासहित नेता पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूणर्बहादुर खड्कालगायतका नेताहरु सहभागी थिए भने एमालेबाट नेता नेपाल र भीम रावल सहभागी थिए।

यसैगरी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा, देव गुरुङसहितका नेता सहभागी थिए भने जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पनि छलफलमा सहभागी भएका थिए। राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल पनि सहभागी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077