Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

बजेट देखाउन मात्र हैन कार्यन्वयन गर्नका लागि ल्याएका हौं : अर्थमन्त्री पौडेल

काठमाडौँ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् ।

आज सिंहदरबारमा बजेटबारे सार्वजनिक अभिव्यक्ति दिन गरिएको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले कोभिड–१९ को समस्यामा ल्याइएको बजेट आर्थिक पुनरुत्थान र आर्थिक संवृद्धिमै केन्द्रित भएको कार्यान्वयनमा कुनै दुविधा नहुने बताए ।

अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटनको बाध्यकारी अवस्थामा अध्यादेशमार्फत ल्याइए पनि बजेट संविधान मुताविक नै ल्याइएको दावी गर्दै भने, 'बजेट देखाउनका लागि ल्याइएको हैन कार्यन्वयन गर्नका लागि ल्याएका हौं, अर्थमन्त्री पौडेलले भने।

शनिबार अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।  जसअनुसार संघको कुल लागत खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077