Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभाको उपचुनाव हुँदै

    लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभाको उपचुनाव हुँदै

    अनलाइन नेपाल
  • सोमबार, १७ जेष्ठ २०७८
  • 1.4K
    SHARES

    दाङ । लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभाको उपचुनाव हुँदैछ ।

    आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । उपचुनावमा दुई जनाको उम्मेदवारी परेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् ।



    दाङको घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने मतदानको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत थापाले बताए । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो ।



    यसैबीच सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका चार जनाले पनि मताधिकार पाएका छन् ।

    निर्वाचन आयोगले जसपाले कारबाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई आइतबार मतदानको अधिकार दिने निर्णय गरेको हो ।

    यससँगै लुम्बिनी प्रदेशमा ८३ प्रदेशसभा सदस्यले मतदान गर्नेछन् । यस्तै पालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष गरी २१७ मतदाता छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र पालिकाका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार