Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • लुम्बिनीमा मतदान जारी, नेपालगन्जका मेयर भन्छन् – चुनाव भन्दा कोरोना ठूलो

    लुम्बिनीमा मतदान जारी, नेपालगन्जका मेयर भन्छन् – चुनाव भन्दा कोरोना ठूलो

    अनलाइन नेपाल
  • सोमबार, १७ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    बुटवल। लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मतदान जारी रहेको छ । मतदान शुरु भएलगत्तै मुख्यमन्त्री शङ्कर पोखरेलले सबैभन्दा पहिला मतदान गरेका थिए भने त्यसपछि सभामुख पूर्णबहादुर घर्तीलगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गरेका छन्  ।

    अन्य प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख-उपप्रमुखले मतदान गर्ने कार्य जारी छ । निर्वाचन आयोगले मतदान स्थलमा भर्चुअल माध्यमबाट पनि हेर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले मतपरिणाम पनि भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए ।



    यसैबीच, नेपालगन्जका मेयर धवल शमशेर राणाले रास्टियसभा निर्बाचनमा मतदान नगर्ने घोषणा गरेका छन्। आज मेयर राणाको सचिवालयले अहिलेको समयमा चुनाव प्रथामिकतामा नपरेको र कोरोना महामारीसँग जुध्नु ठूलो भन्दै यस्तो घोषणा गरेको बताएको छ।



    यता निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ । प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो । निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहेका छन् । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार