Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदेश नं २ को बजेट अधिवेशन जेठ २४ गते गर्न सिफारिश

जनकपुरधाम। प्रदेश नम्बर २ को सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गरि जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेको हो ।

बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

प्रदेश प्रमुखले सिफारिश गरे पश्चात् प्रदेश सभा मार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनेछ।

प्रदेशको पाँचौ अधिवेशन गत चैत ३० गतेदेखि शुरु भएको थियो । पाँचौ अधिवेशनको चैत ३० र वैशाख १० गते गरी दुईवटा बैठक मात्रै बसेको थियो ।

तेस्रो बैठक वैशाख १४ गतेका लागि आह्वान गरिएपनि प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको थियो । स्थगित गरिएको बैठक हालसम्म बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077