Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्वडीआईजी रमेश खरेलले कोरोनालाई जिते

काठमाडौँ। नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

गत वैशाख ३१ गते कोरोना संक्रमण भएपछि नेपाल प्रहरी अस्पतालमा भर्ना भएका पूर्वडीआईजी खरेल झन्डै १९ दिनपछि आज डिस्चार्ज भएका हुन् ।

संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएको खरेललाई अस्पतालको सघन कक्षमा राखेर उपचार गरिएको थियो।

‘कोरोनाले गाह्रो बनाएपछि अस्पतालमा भर्ना भएको थिएँ, अहिले कोरोनालाई जित्न सफल भएको छु,’ डिस्चार्जपछि खरेलले भने।

यसअघि नेपाल प्रहरीको अस्पतालमा उपचाररत दुई जना डीएसपीहरुको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। गत जेठ ६ गते र जेठ १० गते गरि मात्र ४ दिनको फरकमा डीएसपीद्वय राजकुमार केसी र समीरचन्द्र खरेलको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077