Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संवैधानिक इजलासको पुरानै बेन्चले नै संसद विघटनविरुद्धको मुद्दा सुनुवाई गर्ने तय

काठमाडौं । संसद विघटनविरुद्ध दायर रिटको फैसलाका लागि इजलासमा रहेका दुई न्यायाधीश परिवर्तन हुनुपर्ने वकिलहरूले माग पुरा नहुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले  संवैधानिक इजलासको सूची  उही पुरानै कायम राखेका छन्। संसद विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आज तेस्रो दिन सुनुवाई हुँदैछ ।

शुक्रबार र आइतबारको बहसमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश परिवर्तन हुनुपर्ने वकिलहरूले माग गरेपनि आज पुरानै ५ न्यायाधीशको इजलास कायम राखिएको छ ।

प्रधानन्यायाधीशको अध्यक्षतामा न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसीसहितको बेन्चले नै मुद्दाको सुनुवाई गर्ने तय भएको छ ।

संवैधानिक इजलास परिवर्तन गर्ने र नगर्ने बारे सोमबार न्यायाधीहरुवीच छलफल भएको थियो ।

कांग्रेस सभापति देउवाको नेतृत्वमा १४६ सांसदहरूको हस्ताक्षरमा प्रधानमन्त्री नियुक्ति परमादेश जारीको माग गरिएको रिट परेको थियो । रिटमा कांग्रेसका ६१, माओवादी केन्द ४९, एमाले माधवकुमार नेपाल पक्षका २३, जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका १ सांसदको हस्ताक्षर छ ।

उक्त रिट निवेदनमा देउवालाई समर्थन गर्ने सांसदहरूलाई दल त्याग ऐनअनुरुप कारबाही गर्न नमिल्ने जिकीरसहित अदालतले त्यसमा पनि आदेश गर्नुपर्ने माग राखेका थिए । त्यसअतिरिक्त कानुन व्यवसायीहरूको तर्फबाट प्रतिनिधि सभा पुनस्स्थापना निम्ति ३० वटा रिटमाथि सुनुवाई हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077