Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संवैधानिक इजलास २३ गतेसम्म स्थगित, प्रधानन्यायाधीश भन्छन् : अब नयाँ रोष्टरबाट पुनर्गठन गर्छु

काठमाडौँ। संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ । संवैधानिक इजलासमा आज भएको सुनुवाइपछि २३ गतेसम्मका लागि स्थगित भएको हो।

दुई वरिष्ठ न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ संवैधानिक इजलासबाट बाहिरिएपछि अर्का दुई न्यायाधीश दीपक कार्की र आनन्दमोहन भट्टराईले पनि इजलासबाट बाहिरिने निर्णय सुनाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले २३ गते नयाँ रोष्टरबाट इजलास गठन गर्ने आदेश सुनाएका हुन् ।

'अब २३ गते पेसी तोक्छु, वरिष्ठबाट रोष्टर बनायर ल्याउँछु, अब चाहिँ पक्ष विपक्ष नहोस्,’ आदेश सुनाउँदै प्रधानन्यायाधीश राणाले भने।

गत जेठ ७ गतेको मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा ३० थान रिट निवेदन दायर भएका थिए।

शुक्रबारदेखि संवैधानिक इजलासमा यसबारे सुनुवाइ सुरु भएको थियो ।

प्रधानन्यायाधीश राणाले आफूसहित बरिष्ठतम न्यायाधीश कार्की तथा न्यायाधीशहरु भट्टराई, केसी र श्रेष्ठ रहेको इजलास तोकेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077