Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीसँगको साँठगाँठ बढेपछि अध्यक्ष ठाकुरसहित ४ जनालाई यादव-भट्टराईले गरे पार्टीबाटै निस्कासन

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव-बाबुराम भट्टराईपक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुलाई पार्टीबाट निस्कासन गरेको छ।

आज पार्टी कार्यालय बालकुमारीमा बसेको बहुमत कार्यकारिणी सदस्यहरुको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको यादव पक्षका नेता ईस्तियाक राईले जानकारी दिए।

नेता राईका अनुसार बैठकले चार नेतालाई कारबाही गरेको र उक्त जानकारी निर्वाचन आयोगलाई गराइसकिएको छ।

जसपाका संघीय परिषद अध्यक्ष भट्टराई र अध्यक्ष यादव पक्षले यसअघिनै अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता महतो,  शुक्ल र कर्णलाई दुई पटक स्पष्टिकरण सोधिसकेका थियो।

भट्टराई-यादव पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका थिए। ठाकुर पक्ष भने ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जाने अन्तिम तयारीमा रहेको छ।

ठाकुर पक्षले पनि यादवलाई स्पष्टिकरण सोधेका छन्। जसपाको कार्यकारिणी समितीमा भट्टराई-यादव पक्षको बहुमत छ भने विघटीत प्रतिनिधि सभामा ठाकुर पक्षको बहुमत छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077