Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगलाई महन्थको काउण्टर पत्र- उपेन्द्रको नाम हटाइयोस्

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) मा एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने होडबाजी चलेको छ।

आज पार्टीका अध्यक्ष महन्त ठाकुर पक्षका चार जना नेतालाई अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले निश्कासन गरेलगत्तै अध्यक्ष ठाकुरले काउन्टरमा यादवलाई पनि कारबाहीमा गरेका हुन्।

आज बबरमहलमा बसेको ठाकुर पक्षको बैठकले अर्का अध्यक्ष यादवलाई पार्टीबाट निष्कासन गरेको र पत्र निर्वाचन आयोगमा पठाईसकेको नेता केशव झाले जानकारी दिए।

झाका अनुसार ठाकुरले निर्वाचन आयोगलाई पठाएको पत्रमा यादवलाई पार्टीको विधानको दफा ५० को १ बमोजिम अनुशासन कारवाही भई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ । पत्रमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ को १, २ र ३ बमोजिम दलको दर्ता किताबबाट यादवको नाम हटाइ अद्यावधिक गर्न अनुरोध समेत गरिएको छ ।


पत्रमा यादवले पार्टीको विधान, नीति र निर्णय विपरीत कार्य गरेको र पटक-पटक स्पष्टीकरण सोध्दा पनि कुनै जवाफ नदिएको उल्लेख गरिएको छ ।

अध्यक्ष यादवले पार्टीका चारजनालाई गरेको कारवाही पार्टीको विधान विपरित रहेको पनि बैठकले ठहर गरेको झाको भनाइ छ ।

केहिसमय अघि मात्रै यादव पक्षले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको थियो । यादवपक्षले पनि त्यसको जानकारी आयोगलाई दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077