Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

उपत्यकामा जेठ महिनाभर निषेधाज्ञा थप्ने निर्णय, किराना र डिपार्टमेन्ट स्टोर भने खोल्न पाइने

काठमाडौँ। उपत्यकाका जिल्लाहरुमा निषेधाज्ञाको समय जेठ महिनाभर थप गर्ने निर्णय गरिएको छ ।

आज काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । अबजेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने काठमाडौँका सीडीओ कालिप्रसाद पराजुलीले बताए।

यसअघि कोरोना भाइरस संक्रमणको जोखि बढेकाले सरकारले चेन ब्रेक गर्न भन्दै वैशाख १६ बाट निषेधाज्ञा सुरु गरेको थियो।

गत जेठ १४ बाट उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ गर्दै बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोरहरु अबदेखि खोल्न दिने निर्णय गरिएको छ । सीडीओ पराजुलीका अनुसार अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ।

यस्तै, बैठकले सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय गरेको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ ।

यसअघि मंगलबार (हिजो) बसेको सीडीओहरुको बैठकले निषेधाज्ञा जारी राख्ने तर केही खुकुलो गर्ने निष्कर्ष निकालेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077