Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उपेन्द्र-यादवलाई आयोगको पत्र : कारवाहीको वैधानिकता पुष्टि देखिएन

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई गरेको कारवाहीलाई मान्यता नदिने जनाएको छ।

आज आयोगले दुवै अध्यक्षलाई पत्राचार गर्दै मंगलबार दुवै पक्षले पेस गरेका कारवाहीको वैधानिकता पुष्टि नभएको ठहर गर्दै कारवाहीको मान्यता नदिने जनाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार दुवै अध्यक्षले एक अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेका पत्र राजनीतिक दलसम्बन्धी नियमावली अनुरुप नभएकोले बदर गरिएको आयोगले जनाएको छ ।

यद्यपि आयोगले कारबाहीको निर्णयमा केन्द्रीय समितिको पदाधिकारीको हस्ताक्षर माग समेत गरेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077