Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीको असंवैधानिक कदमको विरोध गर्दै राजविराजमा मसाल जुलुश प्रर्दशन

रामनारायण यादव/ सप्तरी । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गरेर ल्याएको असंवैधानिक कदमको विरुद्धमा बुधबार सप्तरी सदरमुकाम राजविराजमा मसाल जुलूस प्रर्दशन गरेको छ ।

राजविराज स्थित शिव मन्दिरको प्राङगणबाट जसपा उपेन्द्र यादव पक्षका कार्यक्रताहरुले मसाल जुलुस नगरको विभिन्न भागको परिक्रममा पश्चात् शहिद दशन चौकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

विरोध कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्य भिमराज यादव, महिला संघ केन्द्रीय उपाध्यक्ष किरण साह, प्रदेश महिला संघकि उपाध्यक्ष गीता यादव, रमिला साह,

राष्ट्रीय विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष बिनोद कुमार मंडल, जिल्ला अध्यक्ष केदार यादव लगायतका बक्ताहरुले केपी ओली तथा राष्ट्रपति विद्या देवी भण्डारीको असंवैधानिक कदमको बिरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077