Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्रान्सद्वारा वेल्स ३-० गोलअन्तरले पराजित

एजेन्सी । युरोकप फुटबलको तयारीका भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले उत्कृष्ट जित निकालेको छ ।

फ्रान्सको घरेलु मैदानमा बुधबार राति भएको खेलमा १० खेलाडीमा सिमित वेल्सलाई ३-० गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले उत्कृष्ट जित निकालेको हो।

फ्रान्सको जितमा केलियन एमबाप्पे, एन्टोनियो ग्रीजम्यान र ओसुमान डेम्बेलेले क्रमसः ३५, ४५ र ७९ मिनेटमा समान एक एक गोल गरे ।

खेलको २६ औं मिनेटमा निको विलियम्सले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो ।

२७ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्न सकेनन् । ६ वर्षपछि राष्ट्रिय टिममा फर्किएका बेन्जिमाको पेनाल्टी प्रहार वेल्सका गोलकिपर डेनी वार्डले बचाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077