Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेपाललाई आफू पक्षीय नेताहरुको सुझाव : ओली सच्चिने संकेत छैन,आगामी कदमबारे छिट्टै निर्णय लिऔँ

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुले पार्टी एक हुने सम्भावना कम हुँदै गएको बताएका छन्।

आज भर्चुअल माध्यमबाट जारी खनाल–नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकमा सुझाव राख्ने अधिकांश नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले अलमलमा पारेको र आगामी कदमबारे छिट्टै निर्णय लिनुपर्ने बताएका हुन् ।

बैठकमा सहभागी एक जना नेताका अनुसार छलफलमा नेता नेपालले पछिल्लो राजनीतिक घटनाक्रम, संस्थापन पक्षका नेताहरुसँग भएको संवादबारे ब्रिफिङ गरेका थिए । ती नेताका अनुसार नेपालले अध्यक्ष केपी शर्मा ओली सच्चिने संकेत नदेखिएको र वार्ता, छलफलका नाममा फेरि झुक्याउन खोजेको कुरा दोहोर्‍याएका छन् ।

'अझै केही कमरेडहरु वार्ता, संवाद गरौं भनेर पनि सुझाव राख्नु भएको छ, नेता नेपालको भनाइ उधृत गर्दै ती नेताले भने,' तर, पार्टी एक हुने सम्भावना कम देख्छु । अब नयाँ कदम चाल्नुपर्छ भन्ने धेरै साथीहरुको सुझाव छ ।’

यस्तै, वार्ताबारे नेता सुरेन्द्र पाण्डले बैठकमा नेताहरूलाई ब्रिफिङ गर्दै ओलीले आफू कमजोर भएका बेला संवादको कुरा गरेर अलमल्याउन कोसिस गरेको र वार्ताबाट खासै उपलब्धी हासिल नभएको बताएका थिए ।

‘ओलीजीले वार्तामा बसौं भन्नुभयो, हामी पार्टी मिल्छ भने संवाद गर्दैमा केही ब्रिगदैन भनेर बस्यौं तर उहाँहरुले यसलाई दाउपेचका रूपमा मात्रै प्रयोग गर्न खोज्नु भयो,’ पाण्डेको भनाइ उद्धृत गर्दै उनले भने ।

यसैगरी, बैठकमा आफ्नो धारणा राख्दै नेता झलनाथ खनालले एमाले पार्टी एजेण्डामा बाँच्न नसकेकाले अहिलेको संकट आएको बताएका थिए । ‘पार्टी एजेण्डामा बाँच्नुपर्थ्यो । तर दक्षिणपन्थतिर गयो । त्यसका लागिविरुद्ध संघर्ष गर्नुपर्छ’, खनालले भने ।

बैठकमा ओलीपक्षका नेताहरुसँग वार्ता, संवाद गरेका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका नेताहरू पनि सहभागी भएका थिए। नेपाल पक्षका केन्द्रीय सदस्यहरुले पार्टीभित्र भइरहेको विवाद र वार्ताबारे बुझ्न भर्चुअल भेलाको माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077