Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अस्पतालमा नारा लगाउनेलाई जेल हाल्नेसम्मको अध्यादेश पारित , राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय

    अस्पतालमा नारा लगाउनेलाई जेल हाल्नेसम्मको अध्यादेश पारित , राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 1.7K
    SHARES

    काठमाडौं। अस्पताल र चिकित्सकमाथि हुने आक्रमण रोक्न सरकारले कडा कानुन ल्याउने निर्णय गरेको छ।

    बिहीबार बेलुका बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश २०७८ पारित गरेको छ ।



    सो अध्यादेश स्वीकृतिका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्नेछ । अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ।   अध्यादेशमा अस्पताल तथा स्वास्थ्य संस्थामा नारा जुलुस गरेमा १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तथा आगजनी गरेमा २ वर्ष देखि ५ वर्ष जेल र ५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था  गरिएको छ।



    चिकित्सकलाई कुटपिट गरेर चोट पटक लागेमा तथा स्वास्थ्य संस्था तोडफोड गरेमा ३ वर्ष कैद र ३ लाख जरिवाना हुनेछ।

    चिकित्सकलाई हातपात गरेर अपमान गरेमा, गाली बेइज्जती गरेमा र बिरामीको उपचारमा अवरोध गरेमा १ वर्ष जेल र १ लाख रुपैयाँ जरिवानाको व्यवस्था अध्यादेशमा गरिएको छ।

    अध्यादेशमा अस्पताल तथा स्वास्थ्य संस्थामा नारा जुलुस गर्न नपाईने उल्लेख भएको स्रोतको भनाइ छ । अध्यादेशमा नारा , जुलुस सहित घेराउ गर्नेलाई १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको व्यवस्था गरिएको वताइएको छ।

    पछिल्लो समय स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि  आक्रमण बढेपछि दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत कडा कानुन ल्याउन लागिएको हो। स्वास्थ्य मन्त्रालयको प्रस्तावमा उक्त अध्यादेश ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार