Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बेलायती महारानी एलिजावेथले अमेरिकी राष्ट्रपतिलाई भेट्ने

    बेलायती महारानी एलिजावेथले अमेरिकी राष्ट्रपतिलाई भेट्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 2K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतकी महारानी एलिजावेथ द्वितीयबीच भेटवार्ता हुने भएको छ।

    उनीहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबारमा भेटवार्ता हुने तय भएको बेलायती राजदरबारले जनाएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेन समेत सहभागी हुने बताइएको छ ।



    अमेरिकी राष्ट्रपति बाइडेन केही हप्तापछि हुने जी ७ को सम्मेलनमा सहभागी हुन बेलायत जाने कार्यक्रम छ। सोही अवसरमा उनले बेलायती महारानीलाई भेट्ने तय भएको हो।



    राष्ट्रपतिमा निर्वाचित भएपछि वाइेडन दम्पत्तिको यो पहिलो विदेश भ्रमण हो । विश्व राजनीति र अर्थतन्त्रमा महत्वपूर्ण मानिने जी–७ को सम्मेलन यही जुन ११ देखि १३ सम्म हुने तय भएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार