Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीश राणाद्वारा बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले नयाँ संवैधानिक इजलास गठन गरेका छन् ।

प्रधानन्यायाधीश राणाले नागरिकता सम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका हुन्।

यसअघि गठित इजलास विवादित भएपछि दुई न्यायाधीशले इजलासमा नबस्ने घोषणा गरेका कारण अघिल्लो इजलास स्थगित भएको थियो ।

गत शुक्रबार र आइतबारको बहसपछि संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राख्न नहुने वकिलहरूले अडान लिएपछि यसबारे इजलासमा चर्को विवाद रहेको बेला प्रधानन्यायाधीश राणा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीचको छलफलले निकास दिएको थियो। त्यसक्रममा संवैधानिक इजलाससम्बन्धी नियममै परिर्वतन गरेर वरिष्ठताका आधारमा बेञ्च गठन गर्ने व्यवस्था गर्न प्रधानन्यायाधीश सहमत भएका थिए ।

शुक्रबार प्रधानन्यायाधीश राणाको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077