Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जनमोर्चाका कृष्ण थापाद्वारा पार्टीको कारवाहीविरुद्द सर्वोच्चमा रिट दायर

काठमाडौँ । गण्डकी प्रदेश राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पार्टीले असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

आफूलाई प्रक्रिया नपुर्‍याई सांसदबाट हटाएको विरोध गर्दै उनले आफ्नो सांसद पद कायम राख्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

उनलाई बिहीबार जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएको थियो ।

उनले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले कारबाही गरेको भनी सांसद पद कायम राख्न माग गर्दै रिट दिएका हुन् । उक्त रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार यस रिटमा आइतबारका लागि पेशी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077