Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बस्ने बैठक लगत्तै जसपाका नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम हुने बताइएको छ।

बैठकमा सात जना पूर्वमाओवादी मन्त्रीहरूको बिदाइसँगै जसपाका नयाँ मन्त्रीहरूलाई नियुक्त गरिने स्रोतको भनाइ छ।

यस्तै, ओलीनिकट स्रोतका अनुसार पूर्वमाओवादी मन्त्रीहरुसँगै एमालेबाट मन्त्री बनेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका छन्।

एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुबीर महासेठले पाउने भएका छन् भने शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएको स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077