Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दुई युवतीलाई कन्या पूजामा बस्न भन्दै ५० हजारको प्रलोभन, भारत पुर्याएर बेच्न खोज्ने श्रीमान-श्रीमती पक्राउ

    दुई युवतीलाई कन्या पूजामा बस्न भन्दै ५० हजारको प्रलोभन, भारत पुर्याएर बेच्न खोज्ने श्रीमान-श्रीमती पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 2.6K
    SHARES

    पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखन गरेको आरोपमा  श्रीमान-श्रीमतीलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा भारत बिहार  पूर्वी चम्पारण घर भएका २७ वर्षीय भारतीय नागरिक अस्गर सैफी र उनकी श्रीमती तनहुँ दमौली नगरपालिका-५ की २६ वर्षीया सीता थापा क्षेत्री छन्।



    उनीहरुले गोरखाका २० र २२ वर्षीया युवतीलाई कन्या पूजामा बस्न पचास हजार रकम दिने प्रलोभनमा पारेर नेपालगन्जसम्म पुर्याएका थिए।



    ललाइफकाई नेपालगञ्जसम्म ल्याएपछि पैसा लिन बीरगञ्ज बजार जानुपर्छ भनी झुक्यानमा पारेर ईनर्वा नाकासम्म पुर्‍याई पैसा लिन पुनः भारतको बेतिया जानुपर्छ भनी

    मानव बेचबिखन गर्ने उद्देश्यले सीमा पार गराउन लाग्दा सैफी र क्षेत्री पक्राउ परेका हुन ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका

    अनुसार  बिहीबार प्रहरी चौकी ईनरवाको टोलीले श्रीमान-श्रीमतीलाई नियन्त्रणमा लिएएर अनुसन्धान थालेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार