Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • झुक्याएर भारतमा पुर्‍याई मिर्गौला बेचिदिने गिरोहका फरार प्रतिवादी पक्राउ

    झुक्याएर भारतमा पुर्‍याई मिर्गौला बेचिदिने गिरोहका फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 825
    SHARES

    काठमाडौं । भारतको कोलकत्ता लगेर मिर्गौला बेचिदिएको आरोपमा एक जनालाई प्रहरी पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान व्युरोले नुवाकोट बेलकोटगढी १३ का ४३ वर्षीय हरि दर्जीलाई पक्राउ गरेको हो ।

    परिवर्तित नाम २६ बबरमहल (१०५) लाई कोलकत्तामा मःम पसलमा काममा लगाइदिने र मासिक ३० हजार भारु तलब पाइने प्रलोभन देखाएर दर्जीले नुवाकोटबाट काकडभिट्टा हुँदै कोलकत्ता पुर्‍याएका थिए ।



    कोलकत्ता पुगेपछि पीडितलाई बेहोस बनाएर मृगौला झिकी अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पीडितलाई विहे ब्रतबन्धमा बाजा बजाउने काम बहानामा दर्जीले गाउँ बोलाएको र सिधै मिर्गौला बेच्ने अफर सुनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।



    पीडितलाई झुक्याई अस्पताल लगेर बेहोस बनाई अर्कै व्यक्तिकोमा मृगौला प्रत्यारोपण गरि ६ लाख दिएपछि आफ्नो मिर्गौला बेचिएको पीडितले एकीन गरेको मानव बेचबिखन अनुसन्धान व्युरोले जनाएको छ ।

    उक्त घटनामा बाँदरे भन्ने मुरली दमाई, राजु नेपाली, राजेश परियार, सानु भन्ने सुवास नेपालीको समेत विरुद्धमा मानव बेचबिखन अनुसन्धान व्युरोमा जाहेरी परेको थियो ।

    व्युरोका अनुसार उनीहरू पुर्पक्षका लागि थुनामा छन् । साथै दर्जी २०६५ मा समेत मानव बेचबिखन मुद्दामा १० वर्ष सजाय भुक्तान गरी छुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार