Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ६ महिनामा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ जना पक्राउ

    ६ महिनामा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 366
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ जना पक्राउ परेका छन्। तीमध्ये ६७ जना पुरूष र २२ जना महिला छन्। सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन्।

    सो अवधिमा १ सय ४९ जनालाई अभियोग लागेको, देशभरबाट २ सय ३६ जनालाई उद्धार गरिएको छ र उद्धार गरिएकामध्ये १ सय ५० महिला, २६ पुरूष र ६० बालिका रहेको प्रहरीले जनाएको छ।



    नेपाल आन्तरिक र सीमा वारिपारी समेतमा हुने मानव बेचबिखनबाट अति प्रभावित रहेको छ। त्यसमा पनि वैदेशिक रोजगारको लागि नेपालबाट ठूलो संख्यामा भारत, मलेसिया, कतार, साउदी अरेबिया, लिबिया, बहराईन, कुवेत, संयुक्त अरव ईमिरेट्स, अमेरिका तथा विभिन्न युरोपेली र अफ्रिकन देशहरू लगायतका अन्य विभिन्न मुलुकहरूमा समेत नेपालीहरू काम गर्ने वा अवैधानिक बसोवासको प्रलोभनमा परी बेचबिखनमा पर्ने गरेका छन्।



    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल भन्छन्, ‘मानव बेचबिखन मानवता विरुद्धको एउटा अत्यन्त संवेदनशील अपराध हो। प्रत्येक वर्ष बालबालिका तथा युवायुवती समेत संसारका विभिन्न देशहरूमा बेचबिखन भइरहने घटनाहरुबाट नेपाल पनि अछुतो रहन सकेको छैन । यही तथ्य र संवेदनशीलतालाई मनन गरेर नेपाल प्रहरीले यस्ता अपराधको अनुसन्धानलाई विशेष जोड दिएको छ।ֹ’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार