Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मानव बेचबिखन गर्ने गिरोहका तीनजना पक्राउ, ९ युवतीको सकुशल उद्धार

    मानव बेचबिखन गर्ने गिरोहका तीनजना पक्राउ, ९ युवतीको सकुशल उद्धार

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 570
    SHARES

    काठमाडौं । नेपाली युवतीहरूलाई भारतमा बेचबिखन गरी यौन व्यवसायमा लगाउने गिरोहका तीनजना पक्राउ परेका छन् । मकवानपुर भिमफेदी-९ की २० वर्षीय सेन्जी भनिने सम्झना तामाङ, धादिङ धुनिबेशी-२का २५ वर्षीय भुवन तामाङ र उनकी श्रीमती २० वर्षीया सुस्मा मगराती पक्राउ परेका हुन् ।

    मानव बेचबिखन गर्ने गिरोह नै भए पनि प्रहरीले यसमा संलग्न तीन जनालाई मात्रै पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । अन्यको खोजी गरिरहेको प्रहरीले जनाएको छ । यही चैत ७ गते भारतको नयाँ दिल्लीबाट प्रहरीले नौ जना नेपाली युवतीको उद्धार गरी काठमाडौं ल्याएको थियो ।



    राम्रो कामको प्रलोभनमा पारेर दिल्ली पुर्याइ जबर्जस्ती वेश्यावृत्तिमा लगाइएका उनीहरुलाई नेपाल प्रहरीले दूतावास, विभिन्न संघसंस्था तथा भारतीय प्रहरीसँग समन्वय गरी उद्दार गरेको हो ।



    काठमाडौंका बिभिन्न बार, क्लव, क्याफे, दोहोरी साँझमा काम गर्ने ती युवतीहरूलाई दिल्लीका होटल, रेष्टुरन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने भनी प्रलोभनमा पारि त्यहाँ पुर्याइएको प्रहरीले जनाएको छ।

    दिल्ली पुर्याइ बन्धक बनाएर जबर्जस्ती वेश्यावृतीमा लगाइएको गोप्य सूचना मानव बेचबिखन अनुसन्धान ब्युरोमा प्राप्त भएपश्चात प्रहरीले उनीहरुको उद्दार प्रयास गरेको थियो । उनीहरुलाई सकुशल उद्दार गरी चैत ७ गते नेपाल ल्याई सामाजिक संस्थाको संरक्षणमा राखिएको छ ।

    उनीहरुलाई भारत पुर्याई जबर्जस्ती बन्धक बनाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न मध्ये ३ जनालाई पक्राउ गरी अदालत बाट ७ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार