Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

‘ओलीको राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छरपष्ट भयो’

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले जनता समाजवादी पार्टी (जसपा)लाई सरकारमा सहभागी गराउनु लोकतन्त्र र संविधानविपरीत रहेको प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा आफ्ना धारणा राख्दै रावलले भनेका छन्–‘प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको छ ।’

रावलले ओलीको निर्णय गत आमनिर्वाचनमा जनताले दिएको जनादेशविपरीत रहेको प्रतिक्रिया दिएका छन्। उनले दुई पटक स‌ंविधानसभाको निर्वाचन भई जनाताले ठूलो मूल्य चुकाएर जारी भएको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको बताएका छन्। उनले यसमा रहेका लोकतन्त्रघातीहरुको नाम सार्वजनिक होस् भन्ने माग गरेका छन्।
https://twitter.com/BhimRawal179/status/1401010418152210442

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077