Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बुर्किना फासोमा बिद्रोहीको आक्रमणबाट १३२ को मृत्यु

    बुर्किना फासोमा बिद्रोहीको आक्रमणबाट १३२ को मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । बुर्किना फासोको उत्तरी क्षेत्रस्थित एउटा गाउँमा शनिबार राति बिद्रोहीले गरेको आक्रमणबाट १३२ जनाको मृत्यु भएको छ ।

    बुर्किना फासोमा यो पछिल्लो समयको नरसंहारको ठूलो घट्ना हो । सोल्हान गाउँमा राती भएको आक्रमणका क्रममा स्थानीयको घर तथा बजारमा समेत आगजनी गरिएको छ ।



    अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैनन् । पछिल्लो समय बुर्किना फासोमा इस्लामिक समूहले आक्रमण गर्दै आएका छन् । विशेष गरी सीमा क्षेत्रमा यस्ता आक्रमणका घट्ना बारम्बार हुँदै आएका छन् ।



    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले घटनाले आफूलाई आक्रोशित बनाएको बताएका छन् । उनले घटनाको गम्भीर निन्दा गरेका छन् ।

    बुर्किना फासोका राष्ट्रपति रोच काबोरीले तीन दिनका लागि राष्ट्रिय शोकको घोषणा गरेका छन् । बुर्किना फासोले आफ्ना छिमेकी देशहरु माली, चाड, बुर्कीना फासोमा जस्तै सुरक्षा सङ्कटको सामना गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार