Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मेयरमाथि विद्यार्थीले गरे आक्रमणको प्रयास : ७ राउन्ड अश्रुग्याँस प्रहार, दर्जनौँ विद्यार्थी घाइते

    मेयरमाथि विद्यार्थीले गरे आक्रमणको प्रयास : ७ राउन्ड अश्रुग्याँस प्रहार, दर्जनौँ विद्यार्थी घाइते

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 1.4K
    SHARES

    रौतहट । शैक्षिक भ्रमणका लागि बजेट नदिएको भन्दै रौतहटको बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवमाथि विद्यार्थीले आक्रमणको प्रयास गरेका छन् ।

    आइतबार नगरपालिकाको प्राङ्गणमा शंकर मावि र आधारभुत विद्यालय छोटी भन्सारका विद्याथीहरूले उनीमाथि आक्रमण गर्ने प्रयास गरेका हुन् ।



    प्रहरीले नगर प्रमुखलाई सुरक्षा दिँदा प्रहरी र विद्यार्थीबीच पनि झडप भएको थियो । नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक सुनिल कुमार यादवसहित एक जवान र सशस्त्र प्रहरीका तीनजना घाइते भएको रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढाथोकीले जानकारी दिए ।



    उनका अनुसार झडपमा पाँचजना प्रहरी र दर्जनौँ विद्यार्थी घाइते भएका छन् । प्रहरीले सात राउन्ड अश्रुग्याँस प्रहार गरेर स्थित नियन्त्रणमा लिएको छ ।

    विद्यार्थी र प्रहरीबीच करिब डेढ घण्टा ढुंगा हानाहान भएको थियो । नगरप्रमुख यादव चढ्ने सरकारी नम्बर प्लेट ना १ झ १६९३ गाडीमा ढुंगामुढा गरी क्षतिग्रस्त बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार