Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • प्रसिद्ध लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा सांघातिक आक्रमण

    प्रसिद्ध लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा सांघातिक आक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । प्रख्यात लेखक सलमान रुस्दीमाथि आक्रमण भएको छ । न्यूयोर्कमा आयोजित एक कार्यक्रममा सहभागी भइरहेका बेला उनीमाथि आक्रमण भएको हो ।

    प्रत्यक्षदर्शीका अनुसार कार्यक्रममा उद्घोषकले उनको परिचय गराइरहेका बेला एक व्यक्ति मन्चमै चढेर आक्रमण गरेका हुन्। तर आक्रमणकारीले मुक्का या छुरा के प्रहार गरे भन्नेबारे भने स्पष्ट भइसकेको छैन।



    आक्रमणलगत्तै कार्यक्रमस्थलमा रहेकाहरुले आक्रमणकारीलाई पक्राउ गरेका थिए। बुकर पुरस्कार विजेता एवं बहुचर्चित पुस्तक ‘सटानिक भर्सेज’ का लेखक रुस्दीको स्थिति कस्तो छ भन्नेबारे भने सार्वजनिक गरिएको छैन।



    सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’ का कारण उनी नौ वर्षसम्म भूमिगत बस्न बाध्य भएका थिए । उनले लेखेको पुस्तकले धार्मिक अनादर गरेको भन्दै उनीविरुद्ध फतवा जारी गरिएको थियो ।

    पुस्तक प्रकाशित भएको एक वर्षपछि इरानका सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै उनको टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए । ७५ वर्षीय रुस्दीले हालसम्म चार पुस्तक लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार