Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • छुरा प्रहारको ६ महिनापछि उपन्यास लिएर आए सलमान

    छुरा प्रहारको ६ महिनापछि उपन्यास लिएर आए सलमान

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 549
    SHARES

    एजेन्सी । छुरा प्रहार गरिएको ६ महिनापछि लेखक सलमान रुस्दीले नयाँ उपन्यास प्रकाशित गरेका छन्।

    रुस्दीले ‘भिक्ट्री सिटी’ नामक सो उपन्यास प्रकाशित गरेका हुन् ।‘भिक्ट्री सिटी’मा १४ औँ शताब्दीको पितृसत्तात्मक सत्तालाई चुनौती दिँदै एउटी महिलाले एक सहरमा शासन चलाएको कथामा केन्द्रित छ।



    ७५ वर्षीय रुस्दीको यो १५ औँ उपन्यास हो। रुस्दीले यो उपन्यास आफूमाथि हमला हुनुअघि नै लेखेका थिए। अझै पनि निको हुने क्रममै भएकाले उनले यो उपन्यासको प्रचारमा भाग लिने छैनन्।



    गत अगस्ट १२ का दिन न्युयोर्क राज्यको सतकुआमा छुरा प्रहार भएको थियो। उनीमाथि छुरा प्रहार गर्ने २४ वर्षीय हादी मतारलाई पक्राउ गरिएको छ। सो आक्रमणमा परी उनले एउटा आँखा र एउटा हात गुमाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार