Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • सलमान रुस्दीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको इरानको दाबी

    सलमान रुस्दीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको इरानको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । इरानले सलमान रुस्दीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ । अमेरिकाको न्युयोर्कमा भएको आक्रमणमा संलग्न व्यक्तिसँग आफ्नो कुनै सम्बन्ध नभएको इरानले दाबी गरेको हो ।

    अमेरिकाको न्युयोर्कमा शुक्रवार एउटा कार्यक्रममा छुरा प्रहार भएपछि ७५ वर्षीय रुस्दीको गम्भीर अवस्थामा उपचार भइरहेको छ । उनलाई एक दिन भेन्टिलेटरमा राखिएको थियो ।



    अहिले स्वास्थ्यमा केही सुधार भएको छ । यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुस्दीमाथि आक्रमण भएपछि इरानले खुसी व्यक्त गरेको आरोप लगाउनु भएको थियो । तर इरानी विदेश मन्त्रालयका प्रवक्ता नसिर कनानीले यो आक्रमणसँग आफ्नो देशको सम्बन्ध भएको दाबीलाई अस्वीकार गरेको छ ।



    सन् १९८८ मा ‘द सटानिक भर्सेज’ उपन्यास प्रकाशित भएपछि रुस्दीले हत्याको धम्की खेप्दै आएका छन् । रुस्दीको उपन्यासले इस्लाम धर्मको अपमान गरेको निष्कर्षसहित तीन दशकअघि इरानका सर्वोच्च नेताले फतवा अर्थात धार्मिक आदेश जारी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार