काठमाडौँ । संसद विघटन सम्बन्धी रिटको सुनुवाई आइतबारदेखि हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिवद्धता जनाएका छन् ।
यसअघिको इजलास विवादमा परेपछि वरिष्ठताका आधारमा इजलास बनाउन न्यायाधीशहरुले दबाब दिएका छन् । प्रधानन्यायाधीश जबराले वरिष्ठताकै आधारमा इजलास बनाउने प्रतिवद्धता जनाएका छन् ।
दोस्रोपटक भएको संसद विघटनको रिट निवेदनको सुनुवाइका लागि इजलास गठन गरेपछि विवादमा तानिएका राणाले गत शुक्रबार भने वरिष्ठताका आधारमा इजलास गठन गरेका थिए ।
शुक्रबार नागरिकता अध्यादेशविरुद्ध परेका रिट निवेदनको सुनुवाईका लागि संवैधानिक इजलासमा पेशी तोकिएको थियो । यसअघि प्रधानन्यायाधीश राणाले गठन गरेको संवैधानिक इजलासमा रिट निवेदकतर्फका वकिलले आपत्ति जनाएका थिए।
इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यी मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठेपछि विवाद भएको थियो। न्यायाधीश केसी र श्रेष्ठले आफूहरूमाथि प्रश्न उठे पनि इजलासमा कायम रहने निर्णय गरेपछि इजलासमा रहेका अरू दुई न्यायाधीश आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीले आफूहरू अलग हुने निर्णय गरेका थिए।