Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कर्णालीमा कांग्रेसबाट मन्त्री बनेका दुई जनाको सपथ आज

सुर्खेत। कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट मन्त्री बनेका दुई जनाको सपथ आज दिउँसो हुने भएको छ ।

सपथ ग्रहण कार्यक्रम दिउँसो २ बजेका लागि तय भएको नबनियुक्त जलस्रोत तथा ऊर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले जानकारी दिए।

कांग्रेस संसदीय दलको निर्णयअनुसार कर्णालीमा नेपाली कांग्रेसबाट सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा श्रेष्ठ नियुक्त भएका हुन्।

गत चैतको पहिलो साता नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर, वैशाख ३ गते विश्वासको मत लिने क्रममा शाहीको पद एमालेको माधव पक्ष र कांग्रेसले जोगाइदिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077