Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रहरी प्रशासन मूर्दाबाद, निषेधाज्ञा मान्दैनौँ भन्दै जुलुस निकाल्ने पक्राउ

रुपन्देही। जिल्लामा निषेधाज्ञाको विरोधमा प्रहरी प्रशासन मूर्दाबाद, निषेधाज्ञा मान्दैनौँ’ भन्दै जुलुस निकाल्ने पक्राउ परेका छन् ।

उनीहरुले निषेधाज्ञाको समयमा सडकमा नाराबाजी तथा टायर बालेर उक्त नारा लगाउदै प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी मनोज केसीले जानकारी दिए।

पक्राउ पर्नेहरुमा निषेधाज्ञाको उल्लघंन गर्न सार्वजनिक रुपमा अपिल गर्ने मुख्य नाइके अर्जुन कुर्मिसहित दुईजनालाई रहेको रुपन्देही प्रहरी प्रमुख एसपी केसीले बताए।

रुपन्देही प्रहरी प्रमुख केसीका अनुसार शनिबार लुम्बिनीको खुनगाईमा उक्त समुहले ‘कोरोना महामारी केही होइन , प्रहरी प्रशासन मूर्दाबाद, निषेधाज्ञा मान्दैनौँ’ भन्दै नाराबाजी गरेका थिए। उक्त समूहले आज अर्थात आइतबार सबै बजार खुलाउने भन्दै स्थानीयहरुलाई बजार खोल्न सार्वजनिक आग्रहसमेत गरेको एसपी केसीको भनाइ छ ।

निषेधाज्ञाको बेला अति जरुरी कामबाहेक घरबाहिर निस्कन पाईदैँन्। एसपी केसीले भने, ‘घटनामा अन्य व्यक्तिहरु फरार रहेकाले उनीहरुको खोजीकार्य जारी छ।’
पक्राउ परेका दुई जनालाई संक्रामक रोग ऐन २०२० अनुसार एक महिना जेल हुने प्रहरी प्रमुख केसी बताउछन्।

रुपन्देहीमा आगामी ३१ जेठसम्म निषेधाज्ञा लागू गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077