Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई सीके राउतको निर्देशन

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्।

आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष राउतले आगामी कात्तिक २६ र मंसीर ३ मा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुट्न नेता/कार्यकर्तालाइ निर्देशन दिएका हुन्।

‘पार्टीको विजय नै हाम्रो विजय हो भन्ने भावना आत्मसात् गरी निर्वाचनको तयारीमा लाग्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरूमा अनुरोध छ’, विज्ञप्तिमा भनेका छन्।

सुरक्षित तरिकाले निर्वाचनलक्षित घरदैलो, प्रचार-प्रसार जस्ता कार्यक्रमलाई निरन्तरता दिने भन्दै उनले गत जेष्ठ २२ मा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचनको तयारीमा जाने निर्णय भएको अध्यक्ष डा. राउतले विज्ञप्तिमा जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077