Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सर्वोच्चद्वारा जनमोर्चाका थापालाई पुन: पदबहाली गर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने अन्तरिम आदेश जारी गरेको छ।

आज न्यायाधीश कुमार चुँडालको एकल इजलासले संसद थापालाई प्रदेशसभा सचिवालयले गरेको पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

गत बिहीबार थापालाई राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिले पार्टीको निर्णय उल्लंघन गरेको र  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको समर्थन गरेको भन्दै कारबाही गरेको थियो । पार्टीले उनलाई पदमुक्त गर्ने निर्णय गरेपछि प्रदेशसभा सभामुखले उनलाई पदमुक्त गरेका थिए।

उक्त पार्टीको निर्णयप्रति असन्तुष्ट रहँदै सांसद थापाले शुक्रबार पार्टीले असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077