Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झण्डै ४ बर्षपछि सत्तारोहणमा कांग्रेस, कर्णालीका दुई मन्त्रीद्वारा सपथ ग्रहण

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसबाट थपिएका दुई जना मन्त्रीले शपथ ग्रहण गरेका छन् ।

नबनियुक्त मन्त्रीहरु यज्ञबहादुर बिसी र दिनबन्धु श्रेष्ठलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

कांग्रेस संसदीय दलको निर्णयअनुसार कर्णालीमा नेपाली कांग्रेसबाट सामाजिक विकासमन्त्रीमा बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमाश्रेष्ठ नियुक्त भएका थिए।

गत चैतको पहिलो साता नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर, वैशाख ३ गते विश्वासको मत लिने क्रममा शाहीको पद एमालेको माधव पक्ष र कांग्रेसले जोगाइदिएको थियो ।

मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको कांग्रेस झण्डै दुई महिनापछि सरकारमा सहभागी भएको हो । २०७४ सालयता नेपाली कांग्रेसले कर्णालीबाट पहिलोपटक सत्तारोहण सुरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077