Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मेडिकलको परिचय पत्र भिरेर लागूऔषध ओसार-पोसार गर्ने पक्राउ

तनहुँ । प्रहरीले आबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध ९४ एम्पुल डाइजेपाम, ९४ एम्पुल फेनारगन, ९३ एम्पुल नुफिन र ४ थान सिरिन्जसहित २ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा गोरखा जिल्ला गोरखा नगरपालिका-१४ पाङ्कोट बस्ने तनहुँ व्यास नगरपालिका-१२ घासीकुवा घर भएका २६ वर्षीय उमेश खत्री र गोरखा आरुघाट गाउँपालिका-७ सतिपिपल बस्ने सोही गाउँपालिका-१ घर भएका २४ वर्षीय पुर्ण सिंह गुरुङ रहेका छन् ।

शुक्रबार दिउँसो मुग्लिङबाट आबुखैरेनीतर्फ आउँदै गरेको प्रदेश ३-०२-००२ प ६९०० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अर्याल मेडिकल हल नयाबजार गोरखाको पुर्ण सिंह गुरुङको नाममा परिचय भिरेर उक्त लागूऔषध ओसार पसार गर्दै गरेको अवस्थामा मोटरसाइकल चालक गुरुङ र मोटरसाइकलमा सवार खत्रीलाई पक्राउ गरेको हो । 

यस्तै, धनुषा जिल्लाको बिदेह नगरपालिका-६ तिनकोरिया बजारबाट १५ ट्याब्लेट अवैध  लागूऔषध नाइट्राभेट र २० ग्राम अवैध लागूऔषध गाँजा सहित सवैला नगरपालिका-१२ सतिखर बस्ने २२ वर्षीय मो.इरफान शेखलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गिद्दाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

उल्लेखित दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077