Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीद्वारा पार्टी एकताको आह्वान, नेपालले गरे प्रचण्डसँग छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गरेका छन्।

आइतबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचना फर्काउने घोषणा गरे लगत्तै आफ्नै समूहमा दबाबमा परेका नेता नेपालले कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्डसँग अबको रणनीतिका बारेमा छलफलमा रहेको उनी निकट एक नेताले बताए ।

ओलीले आइतबार राति पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अपिल जारी गर्दै माधव नेपाल पक्षको माग बमोजिम पार्टीलाई जेठ २ मा फर्काउने र माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिनुपर्ने जनाएका छन् ।

ओलीको प्रस्ताव लगत्तै आइतबार राति पनि प्रचण्डसँग छलफल गरेका नेपालले आज पनि आफूनिकट नेताहरूको बैठक बस्नुअघि प्रचण्डसँग छलफल गरेका हुन् ।

छलफलमा ओलीले फेरि पनि जालझेल गर्ने भन्दै त्यसमा नफस्ने बताइएको छ। अहिले नेपाल पक्षको स्थायी कमिटीको बैठक जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077