Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ओलीद्वारा पार्टी एकताको आह्वान, नेपालले गरे प्रचण्डसँग छलफल

    ओलीद्वारा पार्टी एकताको आह्वान, नेपालले गरे प्रचण्डसँग छलफल

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन्।

    आइतबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचना फर्काउने घोषणा गरे लगत्तै आफ्नै समूहमा दबाबमा परेका नेता नेपालले कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्डसँग अबको रणनीतिका बारेमा छलफलमा रहेको उनी निकट एक नेताले बताए ।



    ओलीले आइतबार राति पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अपिल जारी गर्दै माधव नेपाल पक्षको माग बमोजिम पार्टीलाई जेठ २ मा फर्काउने र माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिनुपर्ने जनाएका छन् ।



    ओलीको प्रस्ताव लगत्तै आइतबार राति पनि प्रचण्डसँग छलफल गरेका नेपालले आज पनि आफूनिकट नेताहरूको बैठक बस्नुअघि प्रचण्डसँग छलफल गरेका हुन् ।

    छलफलमा ओलीले फेरि पनि जालझेल गर्ने भन्दै त्यसमा नफस्ने बताइएको छ। अहिले नेपाल पक्षको स्थायी कमिटीको बैठक जारी रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार