Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्णालीमा एमालेद्वारा मन्त्रीको राजिनामा माग गर्दै संसद अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको बैठकमा सदन शुरू हुनासाथ नैतिक पतन भएको अभियोग लागेका मन्त्रीलाई अहिलेसम्म सरकारले संरक्षण गरेर राखेको भन्दै नेकपा एमालेले संसद अवरुद्ध गरेकाे छ ।

आज नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नैतिक पतन भएको अभियोग लागेका भौतिक पूर्वाधार विकास मन्त्री अम्मर थापाको राजीनामा माग गरेका छन्।

नेता यामलाल कँडेलले नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले किन संरक्षण गरेर राखेको ? भन्दै प्रश्न गर्दै उनले थापालाई तत्काल बर्खास्त गरेर सदन चलाउने वातावरण निर्माण गर्न अनुरोध समेत गरे । ‘कुनै पनि व्यक्तिले राजनितिक निर्णय लिन पाइन्छ, अपराध गर्न पाइँदैन । नैतिक पतन भएको व्यक्ति मन्त्री भएको राम्रो हैन । जबसम्म यो स्थिति रहिरहन्छ तबसम्म अधिवेशन चल्न सक्दैन’, कँडेलले भने ।

उनको मागसँगै  एमालेले संसद अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि सदन स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077